चितवन, २७ फागुन
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा रहेको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको ढलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर वडा नं ३ लौरीघोलका जीवनबाबु थापामगर रहेका छन् । मुटु जाँच गर्नका लागि टिकट काट्न लाइनमा बसेको केही बेरमै ढलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
एक्कासी ढलेपछि उनलाई अस्पतालको आकास्मिक कक्षमा पुर्याइएको थियो । उनि मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थिए ।
अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।