चितवन, बैशाख ३१-
राप्ती नगरपालिकाको वडा नम्बर ६ मा एमालेले विजयी सुरुवात गरेको छ । सुरुमा गणना भएको राप्ती-६ को वडा अध्यक्षमा जल्लु महतो थारु विजयी भएका छन् । उनले १८१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट बिक्रम चौधरीले १११३ मत प्राप्त गरका छन् । महतो वडा अध्यक्षमा पुन: दोहोरिएका हुन् ।
त्यस्तैगरि वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीबाट शुक्रराज चौधरीले ९५ मत प्राप्त गरेका छन् । राप्रपाबाट संजय चौधरीले १८९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट आइतराम परियारले २ मत प्राप्त गरेका छन् ।
विजयी दल एमालेबाट महिला सदस्यमा ममिता कुँवरले १७५८, दलित महिला सदस्यमा गुनु सुनारले १७५२, खुल्ला सदस्यमा राजकुमार तामाङले १६५३ र अर्का खुल्ला सदस्यमा सहदेव सेढाईले १४७७ मत प्राप्त गरेका छन् ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४०६४९ मतदाता मध्ये राप्ती ६ मा ३४८० मत खसेको थियो ।