चितवन, १९ फागुन
गायिका समिक्षा अधिकारीले बलात्कारीलाई फाँसी हुनुपर्ने उल्लेख गरेकी छन् । चितवनकि १३ बर्षिया शालिन पोख्रेलका लागि न्याय माग गर्दै उनले यस्तो लेखेकी हुन् ।
अधिकारीले शालिन पोख्रेलको मृत्यु प्रकरण सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् । उनले आज शनिबार फेसबुकमा स्टाटस लेख्दै समाजमा दुईथरीको बलात्कार हुने चित्रण गरेकी छिन् ।
उनले लेखेकी छिन् :-
“बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।
१.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्।
२.जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्।
यी दुवै फाँसीका लायक छन्।
चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु। “