भरतपु, १८ फागुन
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिने बताएकी छिन् ।
आज नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर घुम्न आउन आग्रहसमेत गरिन्। प्रमुख दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् ।
उनले भनिन्, ‘ अनुपम सुन्दरतायुक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक संस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ । आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं । अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उनले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताइन् ।