चितवन, १८ फागुन
चितवनको रत्ननगरको होस्टेलमा मृत भेटिएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए ।
इलाका प्रहरी कार्यालयले पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया थप अगाडि बढाइने बताएको छ ।
फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या थिइन् । गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् ।
यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ। घटना शंकास्पद भएको भन्दै छात्राको परिवारले प्रहरीमा उजुरी समेत दिएको थियो ।
जबर्जस्ती करणीपछि हत्या भएको दाबी परिवारले गर्दै आएको छ ।