भरतपुर, १८ फागुन
भरतपुर महानगरपालिका २ स्थित लिला चोकबाट प्रहरीले २२ वर्षीय युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने सबिता न्यौपाने रहेकी छिन् । उनको साथबाट प्रतिबन्धित लागूऔषध नफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजेपाम ५० एम्पुल गरी १५० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धानभइरहेको छ ।