चितवन,१८ फागुन
भरतपुर महानगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्वनमा मनाउन लागिएको भरतपुर भ्रमण वर्ष २०२४ को आज उद्घाटन हुँदै छ ।
उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार पूर्वप्रधानमन्त्री, रास्वपाका सभापतिलाई १०/१० मिनेट र प्रधानमन्त्री प्रचण्डलाई १५ मिनेट शुभकामना मन्तव्यका लागि लागि समय छुट्टाइएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकापा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछाने र पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी लगायत शिर्ष नेताहरुको उपस्थिति रहने छ ।