Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

चितवन, १८ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनुभएको हो ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीका लागि अनुदानको व्यवस्थालगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।”

संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उहाँले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रमा बजेट कम भएको गुनासो आउने गरेको जनाउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोसिस यसपटक हुन्छ, यो विश्वास दिलाउन चाहन्छु ।”

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो । भरतपुर आँखा अस्पतालको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले विसं २०४४ मा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको चर्चा गर्दै उहाँले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताउनुभयो ।

विभिन्न दातृ निकाय, सङ्घसंस्था, भरतपुर महानगरपालिकालगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको जनाउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरङ्ग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्ष विस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छु ।” यसबाट अस्पतालले दिने सेवाको मात्रा र गुणस्तर दुवैमा गुणात्मक सुधार हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सवल र सुविधासम्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालिमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ ।” यसका निम्ति भविष्यमा सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने प्रधानमन्त्री दाहालले बताउनुभयो । भरतपुर अस्पतालको जग्गामा रहेको आँखा अस्पतालको जग्गाको समस्या समाधानका लागि आफूले पहल गर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यमा बजेट कम भएका कारण सोचेअनुसार काम हुन नसकेको भन्दै स्वास्थ्य र शिक्षामा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले ११ प्रतिशत हाराहारी बजेट स्वास्थ्यमा छ, यसलाई बढाएर २०–२५ प्रतिशत पुर्याउनुपर्छ ।”

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले आँखा अस्पतालमा विगतमा झै आगामी दिनमा पनि पाकिस्तानी सरकारले सहकार्य गर्दै जाने बताउनुभयो । अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताउनुभयो । अस्पतालका सेवा सुविधा र समस्याका बारेमा अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं सङ्घका सभापति जयराम श्रेष्ठ र अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले जानकारी गराउनुभएको थियो । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

ताजा समाचार

सबै

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.