चितवन, फागुन १६ –
मगर दिवसका अवसरमा सोनीलाफा युवा क्लव खैरहनी नगरपालिका– ४ लाफा टोल चितवनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सम्पन्न रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विप्लव बरालले जानकारी दिए ।
सोनीलाफा युवा क्लवले समयसमयमा विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।