चितवन, १७ फागुन
चितवनका दुग्ध किसानले पुर्वपश्चिम राजमार्ग अवरुद्द गरेका छन् । दुधको भुक्तानी र मिल्क होलिडे अन्त्यको माग गर्दै किसानहरु आन्दोलित बनेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक संघको नेतृत्वमा राजमार्ग अबरुद्ध गरिएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनका अनुसार रत्ननगरको बेल्सीचोकमा बसेर किसानहरुले सडक अवरुद्द गरेका हुन् । सडक विहान १० बजेदेखि १२ बजेसम्म अवरुद्द हुनेछ ।
दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा आज बिहिबार देशभरका ३० ठाउँमा चक्काजाम गर्ने कार्यक्रम रहेको छ । दुग्ध किसानका विभिन्न संघसंगठनले विगत करिब ५ महिनादेखि ६ अर्ब रकम भुक्तानी पाउन नसकेको दाबी गर्दै आएका छन् ।