भरतपुर, १७ फागुन
भरतपुरको एक होटेलमा बास बसेका ८२ वर्षीय वृद्धको मृत्यु भएको छ । पोखरा बसपार्कस्थित स्वस्तिक होटलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखाको भीमसेन गाउँपालिका वडा नं-५ बस्ने कृष्णबहादुर भट्ट रहेका छन् । उनको सुतेकै स्थानमा मृत्यु भएको हो ।
वृद्ध दमको बिरामी रहेको प्रहरीले जनाएको छ ।