भरतपुर, १६ फागुन
बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका ७ का वडा सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेका छन् ।
बिजुलीको पोल ढलेर लाग्दा घाइते भएका रामकुमारको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडाबाट चितवन मेडिकल कलेज भरतपुरमा ल्याइएको थियो ।