भरतपुर, १६ फागुन
भरतपुरको एक सहकारीमा अज्ञात व्यक्तिले तोडफोड गरि चोरी गरेको छ । भरतपुर महानगरपालिका वडा –११ जागृति चोकमा रहेको हिमाली बचत तथा ऋण सहकारी संस्थामा तोडफोड गरी चोरी भएको हो ।
मंगलबार बिहान ९ः४५ बजेको समयमा कर्मचारी कार्यालय पुग्दा ढोका फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार सहकारीको ढोकामा लगाएको ताल्चा फुटाई सिसि क्यामराको एनभीआर इन्टरकम डिभाइस चोरी भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । साथै चोरी गर्ने अज्ञात व्यक्तिको समेत खोजि कार्य भइरहेको छ ।