भरतपुर, १५ फागुन
पोखरा बसपार्क पछाडि नारायणी नदिमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । देवघाट गाउँपालिका ५ बस्ने ५१ वर्षीय शारदा पौडेल मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।
आज बिहान ६:५० बजेको समयमा लास बगाउदैँ ल्याएको खबर पाए पछि विपद् सहितको प्रहरी टोलीले पौडेलको शब नदिबाट निकालेको हो ।
पौडेल फागुन ९ गते देखि सम्पर्कविहिन भएको आफन्तले बताएको छ ।
घटनाबारे आवश्यक कानूनी प्रकृया र अनुसन्धान भइरहेको छ ।