भरतपुर, १४ फागुन
भरतपुर महानगरपालिका वडा न. २१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिवेशनबाट शमशेर बहादुर ढकाल खत्रीको नेतृत्वमा ११ जना कार्य समिति सदस्य गठन गरिएको थियो भने आज सोमबार बसेको कार्यसमिति बैठकले उपसभापति, सचिव र ४ जना वडा परिषद सदस्य गठन गरेको छ ।
कार्यसमितिको उपसभापतिमा भगवती श्रेष्ठ, सचिवमा दयाराम देवकोटा, सदस्यहरुमा सुर्यनाथ ढकाल, शिवराज सोडारी, नेत्र प्रसाद भट्ट, राम मोहन पन्त, नर सिंह भण्डारी, दुर्गा माया तिवारी, विनिता अक्षामी नेपाली, मनु अधिकारि रहेका छन् भने वडा परिषद सदस्यहरुमा राजु बराल, मत्छे गुरुङ, तारा पति तिवारी, रिता घिमिरे, मधु नेपाली, बाल कुमारी पाख्रीन रहेका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य सबिना विक, केन्द्रिय शिक्षा विभाग सदस्य कृष्ण हरी पौडेल, निर्वाचन समिति संयोजक सुस्मा खनाल भट्टराई, निर्वाचन क्षेत्रीय सचिव विष्णु प्रसाद पौडेल, प्रदेश सदस्य निर्मल गिरि, निर्वाचन क्षेत्रीय सभापति मिनी माधव खनाल, जिल्ला संयोजक कृष्ण प्रसाद भुसाल, महानगर सभापति सिता ज्ञावाली, महानगर उपसभापति आशिष लो तमाङ्ग, महानगर सदस्य टिका न्यौपाने, आकांक्षा पोख्रेल, महानगर संगठन विभाग प्रमुख दिवाकर राज श्रेष्ठ, वडा सभापति बिक्रम श्रेष्ठ लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
नवगठित कार्यसमितिको सभापतिलाई निर्वाचन समिति संयोजक सुस्मा खनाल भट्टराई र कार्यसमितिका अन्य पदाधिकारी सदस्यहरुलाई नव सभापति शमशेर बहादुर ढकाल खत्रीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।