भरतपुर, फागुन १४
भरतपुर १ स्थित नारायणी नदिको पुलबाट हाम फालेर एक पुरुषको सकुशल उद्धार गरिएको छ ।
आज विहान नदिमा हाम फालेका भरतपुर ७ बस्ने ६० वर्षीय गंगाधर भुषाललाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
भुषाल पुलबाट नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुना साथ विपद् सामाग्री सहित प्रहरी र स्थानीय पानी मोटर बोर्डले तत्काल उद्धार गरी सरकारी हस्पिटल पठाएको प्रहरीले जनाएको छ ।
उनको अवस्था अहिले मध्यम रहेको र बोल्न सक्ने भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार