भरतपुर, फागुन १४
चितवन स्थित नारायणी नदिको पुलमुनि एक पुरुषको शव फेला परेको छ ।
आज दिउँसो भरतपुर १ नारायणी नदिको पुलमुनि नामथर नखुलेको अन्दाजी ४५/५० वर्षको पुरुषको लास बगाउदैँ ल्याएको खबर पाए पछि विपद् सहितको प्रहरी टोली खटि उक्त लास नदिदेखी निकालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पुरुषको लास १५ दिन पुरानो जस्तो देखिएको प्रहरीले जनाएको छ ।