भरतपुर, १३ फागुन
भरतपुर महानगरपालिका वडा न. २६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कमिटी गठन भएको छ । हिजो शनिबार सम्पन्न भएको अधिवेशनबाट नारायण प्रसाद ढकालको नेतृत्वमा ११ जना कार्य समिति सदस्य गठन गरिएको छ ।
पार्टीका केन्द्रिय सदस्य सबिना बिकको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । सचिवमा जमुना घिमिरे, सदस्यमा राजेन्द्र राज सुबेदी, राम कृष्ण घिमिरे, बिन्दु शिलवाल, दिपक दराई, चोलाकान्त भण्डारी, ठाकुर प्रसाद भण्डारी, शिवभक्त पण्डित, अस्मिता घिमिरे, अनुपा चन रहेका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य सबिना बिक, राजन गौतम, प्रदेश सदस्य जिता बराल, भरतपुर महानगर सभापति सिता ज्ञावाली, उपसभापति आशिष लो तमाङ्ग, महानगर संगठन विभाग प्रमुख दिवाकर राज श्रेष्ठ, निर्वाचन समिति प्रमुख लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीलाईलाई निर्वाचन प्रमुख नेत्र लामिछानेले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।