मकवानपुर, १३ फागुन
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरको २८ औं अधिवेशन भाँडभैलो भएको छ ।
अध्यक्षका प्रत्यासी आइसियुमा हुँदा एकपक्षीय कमिटी गठन भएपछी चर्को विवाद भएको हो । अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीले अमृत बर्तौलाको अध्यक्षतामा १० पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति घोषणा गरेपछि अधिवेशन स्थलमा तनाब सिर्जना भएको थियो ।
उपस्थित अधिकांश प्रतिनिधिले भने “वि वान इलेक्सन” भन्दै चर्को नाराबाजी गरेका थिए ।अध्यक्षमण्डलले एकतर्फि रुपमा पदाधिकारी सहितको टिम घोषणा गरेपछि विवाद उग्र रुप लिएको हो । बहुमत प्रतिनिधिहरुले मतदानको माग गर्दा पार्टीका अग्रज नेताहरु चुप बसेका थिए ।
अध्यक्षका प्रत्यासी पुष्कर तिमिल्सिना शुक्रबार अधिवेसन स्थलमै ढलेका थिए । तिमिल्सिनाको हाल आइसियुमामा उपाचार भइरहेको छ ।
बहुमत प्रतिनिधिको मागलाई वेवास्ता गरिएको भन्दै हस्ताक्षर सहित केन्द्रीय कमिटिमा बुझाउने अनेरास्ववियुका स्थायी कमिटि सदस्य एवम् बागमती प्रदेश सह–इन्चार्ज किसन घिसिङले जानकारी दिए ।