चितवन, १२ फागुन
युवा रेडक्रस सर्कल, सनराइज इङ्ग्लिस स्कुलको आयोजनामा एक दिने निःशुल्क दन्त शिविर विद्यालय प्राङ्गणमा आज सम्पन्न भएको छ । सनराइज स्कुल चितवन प्रा.लि. अध्यक्ष श्री हेमराज शर्माको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा यस विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत करिव ७०० बालबालिकाहरूको दन्त परिक्षण गरिएको थियो ।
उक्त कार्यक्रम भरतपुर स्थित चितवन मेडिकल कलेज, कलेज अफ डेन्डल साइन्सेज डा. अस्मिता बरालको नेतृत्वमा १२ जना डाक्टर तथा प्राविधिकहरूको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री शिवकुमार बगालेले डाक्टर तथा प्राविधिक टोलिलाई विद्यालयमा स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री रामजीप्रसाद अर्याल, विद्यालयका सहायक प्राचार्य भूमिराज तिवारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष श्री हेमराज शर्माले शुभकामना राख्नु हुँदै यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने र आगामि दिनमा पनि यस किसिमका कार्यक्रमको निरन्तरताको अपेक्षा राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चितवन मेडिकल कलेज, कलेज अफ डेन्टल साइन्सका डा. अस्मिता बराल रहनु भएको थियो ।