– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १० –
चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिताको उपाधि गोरखा युवा क्लवले जितेको छ । कँकाली डाँडाको फेदिमा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा कालिका सिर्जनशिल–ए लाई हराउँदै गोरखा युवा क्लवले उपाधि हात पारेको हो ।
तीन सेटमा भएको खेलमा पहिलो सेट कालिकाले जित्यो भने दोश्रो र तेश्रो सेट गोरखाले जित्यो । तेश्रो सेटमा निकै कडा प्रतिस्पर्धा भएको थियो ।
अन्तिम सेटमा कालिकाले १८ अंक ल्याउँदा गोरखा १२ अंकमा मात्र थियो । त्यसपछि लगातार अंक बढाउँदै लैजान गोरखा सफल भयो । र कालिकाको २१ अंक हुँदा गोरखा १८ को अवस्थामा आइपुग्यो । त्यसपछि फेरि कालिका २४ र गोरखा २१ को अवस्थामा आइपुग्यो । कालिकालाई उपाधि जित्न १ अंकमात्र बाँकि थियो । तर गोरखाले लगातार ३ अंक ल्याएर २४ को बराबरीमा आउन सफल बन्यो । फेरि गोरखाले १ अंक जोडेर २५ बनयो । त्यसपछि कालिकाले पनि १ अंक जोडि बराबारीमा आइपुग्यो । त्यसपछि गोरखाले लगातार २ अंक जोडेर २७ अंक बनाएपछि गोरखा विजयी भयो ।
त्यसैगरी सायरा युवा क्लवलाई हराउँदै एपिएफ भण्डारा तेश्रो हुन सफल बन्यो । प्रतियोगिताको प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल पुरस्कार प्राप्त गरे भने दोश्रो र तेश्रो हुनले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफि र मेडल प्राप्त गरे ।
४ दिनसम्म चलेको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका क्लवका अध्यक्ष शेरबहादुर आले मगरले जानकारी दिए ।
त्यसैगरी महिला भलिवलको मैत्रिपूर्ण खेलमा सोनीलाफा युवा क्लवलाई हराउँदै जनजागृति मावि विजयी भयो ।
सोनीलाफा युवा क्लवको २९ औं वार्षिकोत्वसको अवसरमा एकल ब्यानरमा आयोजित सोनीलाफा कप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम फागुन ७ गतेबाट सुरु भएको थियो । हिजो साँझ विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ४ दिने कार्यक्रमको समापन गरिएको थियो ।
सोनीलाफा युवा क्लवले वार्षिकोत्सवका अवसरका हरेक वर्ष भलिवल प्रतियोगिता गर्दै आइरहेको छ । पूर्वि चितवनको खैरहनीमा रहेको आन्तरिक पर्यटनको आकर्षणको केन्द्र कँकाली डाँडासँगै रहेको सोनीलाफा युवा क्लवले त्यस क्षेत्रको सामाजिक तथा खेलकुदको विकासमा स्थापनाकालदेखि नै अतुलनीय योगदान पुर्याउँदै आएको छ ।
हेरौं भिडियो :
हेरौं तस्विरहरु :
कार्यक्रमको उद्घाटनको दिन प्रकाशित सम्बन्धित समाचार र भिडयो :
चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)