माधव सापकोटा
फागुन ९, चितवन
चितवनको भरतपुर–४, धर्मचोक,लंकुमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सवमा अहिले चलिरहेको नेत्रोन्मीलन अर्थात् भगवान्को प्रथम दर्शन कार्यक्रममा हजारौं भक्तजनहरूको सहभागिता रहेको छ।
दर्शनार्थीहरूको भिड बढेपछि दर्शन गर्न सहज होस् भनेर मन्दिर बाहिर एल इडी स्क्रिनका माध्यमबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
महायज्ञमा अहिलेसम्म १ करोड ३ लाख भन्दा बढी रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले बताउनुभयो।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन् ।
रङ्ग मन्दिर वृन्दावनका गोवर्धन पीठाधीश्वर गोवर्धन रङ्गाचार्य स्वामीको प्रधान आचार्यत्व , पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व तथा डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा जारी महायज्ञको भोलि फागुन १० गते समापन हुँदैछ ।