भरतपुर, ७ फागुन
माडीमा घरको छतबाट लडेर ६३ वर्षिय पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–३ ईनारबरुवा बस्ने रामनाथ महतो रहेका छन् । उनि आफ्नै घरको एक तल्ले छतबाट लडेका हुन् ।
लडेर घाइते भएका महतोको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।