काठमाडौँ, ४ फागुन
नेपाली महिला क्रिकेट टीम टी-ट्वान्टी महिला एसिया कपमा छनोट हुन असफल भएको छ ।
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदै नेपाल छनोट हुन असफल भएको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
मलेसियाको जीतमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान गरिन् । यो हारसँगै प्रतियोगितामा नेपालको यात्रा टुंगिएको छ ।