भरतपुर, ४ फागुन
चितवनको माडी नगरपालिका ८ खरकट्टा चेपाङ बस्तिको एक घरमा आगलागी भएको छ। स्थानीय जालीमाया चेपाङ्गको घरमा विहानको खाना पकाउने क्रममा आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको तर अन्नपात,लत्ता कपडा लगायत घर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगोलागीबाट करिब दुई लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
के कसरि आगलागी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।