काठमाडौँ, २९ माघ
क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
कुशल भुर्तेल १४ बलमा १३ रन जोडेर आउट भएका हुन् । ५ ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाएर ४५ रन जोडेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली क्यानडाले ८ विकेट गुमाएर २३२ रन जोडेको थियो । नेपालले २३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको हो ।