काठमाडौँ । के तपाई तथ्यांक सञ्चालन तथा विश्लेषणको काम कसरी छिटोछरितो र वैज्ञानिक तवरले गर्ने भनेर चिन्तामा हुनुहुन्छ ? तथ्यांक संकलन तथा विश्लेषण साथै जुनसुकै विधाको तथ्यांकमा आधारित भएर उपयुक्त निर्णय लिन सहजता प्रदान गर्नका लागी काठमाडौँको सानेपामा रहेको पि बि ग्रुप प्रालिले विगत २ वर्षदेखी डिजिटल माध्यमको प्रयोग सम्बन्धी सेवाहरु दिदैँ आएको छ ।
डाटा ड्रिभन डिसिजन्स् भनेको डाटा डृभन डिसिजनस अर्थात तथ्यांकमा आधारित निर्णय हो । व्यक्तिगत तथा व्यवसायिक रिसर्च, जुनसुकै विधामा डाटाको आधारमा रहेर सहि र तथ्यपुर्ण निर्णय गर्ने प्रकृया अहिले विश्वभरी प्रचलित रहेको पि बि ग्रुप का सञ्चालक खेमराज पोखरेलले जानकरी दिनुभयो ।
नयाँ व्यवसायमा लगानी गर्न, व्यवसायलाई रुपान्तरन गर्ने, भएको व्यवसायको गुणस्तर र प्रकृया सुधार गर्न, दैनिक सञ्चालन सम्बन्धि रिपोर्ट गर्न, बजार अनुसन्धान, ग्राहकको रुचिको विश्लेषण, शैक्षिक अनुसन्धान र अन्य प्रयोजनका लागी तथ्यांकमा आधारित हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
यही माघ २५ देखि २९ गते सम्म सञ्चालन हुने क्यान इन्फोटेक मेलामा स्टल एच २८ मा गएर कम्पनीका सेवाको बारेमा जानकारी लिन सकिने कम्पनीका सञ्चालक पोखरेलको भनाइ छ ।
पि बि ग्रुप मार्फत हाल डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु सञ्चालित छन् ।