चितवन, २८ माघ
चितवन राष्ट्रिय निकुञ्ज भित्र राप्ती नदीमा पर्यटक चरा देखिएका छन् । जाडो छल्न हाँस प्रजातिसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् ।
साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपालमा विशेष गरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ८९२ प्रजातिका चरा पाइन्छ । चितवनमा ६५० प्रजातिका चरा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो वासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार