माघ २६ चितवन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले ट्राफिक सप्ताह कार्यक्रम आयोजना गरेको छ । यही माघ २५ गते बाट सुरु भएको कार्यकम एक सातासम्म निरन्तर सन्चालन हुनेछ ।
दूर्घटना न्युनिकरणका लागि सचेतनामूलक कार्यक्रम आयोजना गर्दै स्कुल, कलेजका बिद्यार्थी, टोल बिकास सस्थाका पदाधिकारी साथै स्थानीय तहका जनप्रतिनिधिहरु सङ्ग समन्वय र सहकार्य गरी ट्राफिक सप्ताह मनाइदैछ । जिल्लामा दैनिकरुपमा भैरहेका सवारी दूर्घटना र त्यसबाट भैरहेको धनजनको क्षतिलाई न्युनिकरण गरि आम जन समुदायमा ट्राफिक सचेतना अभिवृध्दि गराउने उध्येश्यले बागमति प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको बिशेष पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय रामनगर, चितवनको समन्वयमा ट्राफिक सप्ताह कार्यक्रमको आयोजना गरिएको हो ।
उदघाटन सत्रको प्रभात फेरि कार्यक्रममा शहीद चोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले जनचेतनामूलक प्ले कार्ड, ट्राफिक स्वयम सेवक स्कार्फ, क्याप अनि ट्राफिक सङ्केत चिन्ह ब्यानर सौजन्य गरेको थियो।
बिगत १५ वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर सन्चालन हुदै आइरहेको शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया, क्यानडा, युके, आयरल्याण्ड, न्युजिल्याण्डमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरूका लागि काम गर्दै आइरहेको छ।