चितवन, माघ २६ –
नारायणगढको शहिद चोकमा सिजी, एलजी, टाइटन र ब्लाक एण्ड डेकरको आधिकारिक शोेरुम खुलेको छ ।
डिजिटल प्लाजाको नामले युवा व्यावसायी रोशन गुप्ताले उक्त शोरुम सञ्चालन गरेका हुन् । आज उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
रोशन गुप्ताका अनुसार उक्त शोरुममा एलजि, सिजी, ब्लाक एण्ड डेकर र टाइटनको विभिन्न उत्पादनहरु पाइन्छ । उक्त डिजिटल प्लाजामा सिजी र एलजीको टिभी, फ्रिज, वासिङ् मेशिन एवम् टाइटनको घडी एवम् ब्लाक एण्ड डेकरको होम एप्लायन्सहरु पाइन्छ ।
यी वस्तुहरुमा सिमित अवधिका लागि २० प्रतिशत छुटको व्यवस्था मिलाइएको गुप्ताले जानकारी दिए ।
कार्यक्रममा सिजी इलेक्ट्रोनिक्सका प्रबन्धक धीरज कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो । उनले नारायणगढमा सिजी इलेक्ट्रोनिक्सको यो छैठौं शोरुम भएको बताए ।