भरतपुर, २५ माघ
एम.एन ईन्टरटेनमेन्ट प्रा.लिले प्रणय दिवसकाे अवसरमा “Valentine Special Live Concert 2024” गर्ने भएकाे छ । कला र संस्कृतिकाे जगेर्ना गर्ने र भरतपुर भ्रमण वर्ष २०२४ लाई समेत प्रबर्द्धन गर्ने गरि कार्यक्रम आयाेजना गरिएकाे संस्थाका अध्यक्ष मदन नेपालिले जानकारि दिए ।
भरतपुर-१० स्थित बिरेन्द्र बहुमुखी क्याम्पसकाे डिग्री भवन (नौबिघा) चाैरकाे रमाइलाे चाेकमा फाल्गुन-२ गते (14th feb)मा साझ ४ बजेबाट सुरु हुने र साे कार्यक्रममा नेपालका चर्चित र्यापर आशिष राना(लाहुरे), चर्चित गायिका प्रिति आले, कताब ब्याण्ड, द ट्रक्सि ब्याण्डकाे प्रस्तुति रहने कार्यक्रमका प्रचार-प्रसार उपसमिति संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमबाट संकलित केहि रकम असहाय, अनाथ बालबालिकाकाे सहयोगकाे लागि प्रदान गरिने आर्थिक संयाेजक सिमान्त बस्ताकाेटिले बताए ।
कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग(गोर्खा ब्रुअरी) र सह-प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेज प्रा.लि, टिकट साैजन्य सेन्ट्रल कलेज एण्ड भाेकेसनल ट्रेनिङ प्रा.लि.रहेकाे कार्यक्रम संयोजक बिनय लामाले जानकारि दिए ।