काठमाडाैं माघ २१
पेरिस– फ्रान्सको राजधानी पेरिसमा शनिवार छुरा प्रहार हुँदा तीनजना घाइते भएका छन् ।
सो घटना दक्षिणपूर्वी पेरिसमा रहेको गारे डे लियोन रेलवे स्टेशनमा बिहान ८ बजे भएको थियो । दुईजना सामान्य घाइते भएका छन् भने अर्का गम्भीर छन् ।
यद्पि कसैको पनि ज्यान जोखिममा नरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यममा जनाइएको छ। घटनाबारे अनुसन्धान जारी छ ।