काठमाडाैं, माघ १९
स्कटल्यान्डको एबरडीन शहरमा भएको आगलागीमा दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ । ब्ल्याक हिल्टन रोडमा सोमबार भएको आगलागीमा नेपालको पोखरा घर भएका शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको एबरडिन लाइभले जनाएको छ ।
समाचारमा जनाइएअनुसार सुवेदीद्वय दिदीबहिनी हुन् । अन्दाजी २२ वर्षीया आँचल इञ्जिनियर हुन् भने २४ वर्षकी शिक्षा आईटी पेसामा आबद्ध थिइन् ।
आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरूको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।
ज्यान गुमाएका दिदीबहिनीको आउँदो मंगलबार दाहसंस्कार गर्ने तयारी छ ।
आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको समाचारमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार