चितवन, माघ १८
नारायणगढ मुग्लिन सडकमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खास्दा एक जनाको मृत्युु भएको छ ।
हेरौं चितवन प्रहरीले दिएको सुचना ।
मो.सा.आफै अनियन्त्रित भई दुर्घटना ;
मिति २०८०/१०/१६ गते अ.२३;०० बजेको समयमा जिल्ला चितवन भ.म.न.पा.२९ पन्ध्र किलो स्थित नारायणघाट मुग्लिङ सडक खण्डमा बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको ग२३प १५५९ मो.सा.बाटोमा पुल बनाउन खनेको खाल्डोमा खस्दा मो.सा.चालक जिल्ला रुपन्देही रुद्रपुर १ बस्ने गण्डकी प्रदेश बिपद् ब्यबस्थापन गुल्म बाग्लुङ दरबन्दी भई हाल अ.प्र.पोष्ट धारापानी गोरखामा कार्यरत बर्ष ३३ प्र.स.ह.रमेश राना गम्भिर घाईते भई उपचारको क्रममा पुरानो मेडिकल कलेजमा ऐ.२३;३० बजेको समयमा हस्पिटलले मृत घोषणा गरेको र पछाडी सवार जिल्ला रुपन्देही रुद्रपुर १ बस्ने बर्ष ३७ बिकाश कुमार पुन अनुहारमा चोट अवस्था मध्यम रहि उपचार भई रहेको, मो.सा.नियन्त्रणमा, आवश्यक अनुसन्धान भईरहेको ।