ललितपुर, १५ माघ
ललितपुरको मंगलबजारस्थित नकिबहालमा जर्मन महिला मृत अवस्थामा भेटिएकी छन् । जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी मृत अवस्थामा भेटिएकी हुन् ।
राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।