चितवन, १५ माघ
पूर्वी चितवनको राप्ती नगरपालिका–१० थामटारमा झोलुङ्गे पुलबाट खसेर ४२ वर्षीय महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाँउ घर भएकी सितामाया तामाङ रहेकी छन् ।
आइतबार साँझ उनि झोलुङ्गे पुलबाट खोलामा खस्दा घाइते भएकी थिइन् ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।