काठमाडौँ, १२ माघ
आईसीसी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत जारी खेलमा अफगानिस्तानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए । फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए ।
बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।