भरतपुर, ११ माघ
भरतपुर महानगरपालिका वडा नं ९ मा रहेको डन एकाडेमीमा भोली शुक्रबारदेखि विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा महानगरपालिका भित्र रहेका ३२ वटा विद्यालयको सहभागिता रहनेछ ।
खेलकुदका माध्यमबाट विद्यालयहरुबीचको सम्बन्धी विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विद्यालयका प्राचार्य संगिता ओस्ती विष्टले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विष्टले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमलाई मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता अन्तर्गत विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयकी प्राचार्य संगिता ओस्ती विष्टले बताइन् ।