काठमाडौं । रुसी रक्षा मन्त्रालयले युक्रेनी सीमा नजिकैको बेल्गोरोदमा सैन्य विमान दुर्घटनाग्रस्त भएको जनाएको छ ।
विमानमा ६५ जना युद्धमा लडिरहेका युक्रेनी सेना, ६ जना चालक दलका सदस्य र तीन ‘एस्कर्ट’ रहेको मन्त्रालयले जनाएको छ ।
बुधबार रुसी युक्रेनी सीमा क्षेत्र क्लोतिलोभ्कामा बन्दी साटासाट गर्ने तयारी थियो । सोही क्रममा विमान दुर्घटना भएको बताइएको छ ।
स्थानीय गभर्नरले विमानमा सवार सबैको मृत्यु भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बेल्गोरोदबाट ७० किलोमिटर उत्तरपूर्वमा याब्लोनोभो गाउँ नजिकै विमान दुर्घटना भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार