Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

किन यति धेरै चर्चा भइरहेको छ ?अयोध्यामा राममन्दिर प्राण प्रतिष्ठाको

काठमाडौं माघ,८
भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठा विशुद्ध धार्मिक(आध्यात्मिक विषय हुनुपर्ने भए पनि यसले राजनीतिक रुप पाएको छ । हिन्दूहरुका देवता रामको भन्दा ठूलो तस्बिर ‘कटआउट’ नरेन्द्र मोदीको लगाइएको भन्दै एकथरिले विरोध गरिरहेका छन् ।

तीन तले राममन्दिरको निर्माणले पूर्णता भने डिसेम्बरमा मात्रै पाउनेछ । निर्माण नसकिई नै चुनावी फाइदा हेरेर शिलान्यासमा लागेको भन्दै कतिपय पुरोहितहरुले मोदीको आलोचना गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दुवादी भारतीय जनता पार्टीका नेता हुन् । राम मन्दिर र बाबरी मस्जिदमध्ये कसको आधिकारिक स्थल भनी विगतमा पटक(पटक विवाद भएको विषयमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा०कै अग्रसरता भएका कारण पनि यसले राजनीतिक रंग पाउँदै गएको हो ।

सोमबार नै अयोध्यामा राम मन्दिरमा खडा गरिएको रामको प्रतिमालाई प्राण प्रतिष्ठा गराउने कार्यक्रम छ, जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य यजमान बनेर उपस्थित छन् । उत्तरप्रदेशभरिमात्रै नभएर भारतभरि नै यसको अवसर पारी विभिन्न कार्यक्रमहरु जारी छन् ।

प्राण प्रतिष्ठाका बेला सार्वजनिक बिदा घोषणा गरिएको छ । द वायर न्युजपोर्टलका अनुसार कतिपय अस्पतालजस्ता अत्यावश्यक क्षेत्रसमेत बिदा गराइएको छ । स्टक मार्केटदेखि अरु थुप्रै वित्तीय निकायहरु पनि बन्द भएको भारतको अर्को पोर्टल मिन्टले बताएको छ । रेलवे सेवा निःशुल्क गराइएको छ भने थुप्रै ठाउँमा बिजुली नकाट्ने, कतिपय ठाउँमा चाहिँ बिजुली काट्ने निर्णयहरु भएका छन् ।

प्राणप्रतिष्ठाका दिन सोमबार अयोध्या लगायत धेरैजसो ठाउँमा माछामासु प्रयोग वर्जित गरिएको छ । त्यहाँको सरकारी निर्णयलाई पछ्याउँदै अन्यत्रका कतिपय सरकारले समेत सार्वजनिक बिदा घोषणा गरेका छन् । यसरी बिदा घोषणा गर्नेमा नेपालका विभिन्न ठाउँका स्थानीय सरकार पनि छन् ।

सप्तरीको राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राजविराज नगरपालिकाभित्रका सबै निकायले त्यो दिन बिदा गर्नुपर्ने, माछामासु आदि प्रतिबन्ध लगाउनुपर्ने नगरपालिकाको निर्णय छ । रौतहटको गौरलगायत क्षेत्रमा पनि यस्तो निर्णय भएको छ । स्थानीय तहका नगरपालिका, वडा कार्यालय, शैक्षिक संस्था, कतिपय स्वास्थ्य संस्था (अतिआवश्यकबाहेक० समेत बन्द गराउन स्थानीय सरकारको आह्वान छ ।

यसरी बिदा दिनेमा कपिलवस्तुका शिवराज, कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा शुद्धोदन गाउँपालिका पनि छन् । यसैगरी राजधानी काठमाडौंमा पशुपतिनाथ, जनकपुरको जानकीमा आयोजना हुने विशेष समारोहका साथै कतिपय सार्वजनिक तथा निजी संस्थाहरुले प्राण प्रतिष्ठाको कार्यक्रम आयोजना गरेका छन् ।

शंकराचार्यहरुको विरोध

भारतमा कतिपय सन्त महन्थले भने मन्दिर निर्माणको सम्पूर्ण काम नसकिँदै भारतको लोकसभा चुनावअघिको ठूलो काम भनी देखाउनका लागि मोदी तथा आदित्यनाथको टिमले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गराएको भनी आलोचना गरेका छन् । हिन्दुत्ववादी राजनीतिक एजेन्डाकै बलमा सफल हुँदै आएको भाजपा तथा उसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० को राजनीतिक दिशानिर्देशका भरमा अयोध्या चल्न खोजेको भन्दै आलोचना गर्नेमा चार जना शंकराचार्य तथा महन्थहरु छन् ।

शास्त्रको उल्लंघन गर्दै आयोजना गरिएको कार्यक्रममा आफूहरु सरिक नहुने उनीहरुले बताएका छन् । हिन्दु शास्त्रले शंकराचार्यलाई हिन्दु धर्म गुरुहरुको सर्वोच्च पदमा राख्छ । धर्मप्रचार प्रसारका लागि बदि शंकराचार्यले चारवटा मठ स्थापना गरेका थिए । ती चारवटै मठका शंकराचार्यहरुको तर्फबाट प्राणप्रतिष्ठामा सहभागी नहुने विज्ञप्ति आठ जनवरीमै निकालिसकेका थिए ।

शंकराचार्य अविमुक्तेश्वरानन्दले भनेका छन्, ‘शास्त्रको पालना गरेर प्राणप्रतिष्ठालाई पूर्णता दिने हाम्रो जिम्मेवारी हो । मन्दिर अपुरो रहेको अवस्थामा अचानक प्रतिष्ठा गर्नुपर्ने कारण देखिँदैन । हामी आशक्ति वा घृणाका कारणले नभएर शास्त्रको पालना नभएका कारण त्यहाँ नजाने भएका हौँ ।’

हिन्दुत्ववादी स्वयंसेवकहरुले अयोध्यामा बाबरी मस्जिद भत्काएर राममन्दिर खडा गरेपछि चुलिएको तनावको तीन दशकपछि अयोध्यामा प्राणप्रतिष्ठा चलेको हो । यसरी काम नै नसकिएको परियोजनामा बीचैमा आफ्नो फाइदाका लागि प्राणप्रतिष्ठा गराउँदा धर्मको अपमान हुने भन्दै पुरी र जोशी मठका शंकराचार्यहरुले मोदी सरकारबाट मूर्ख प्रयास भएको आलोचना गरेका छन् ।

प्राण प्रतिष्ठा २२ जनवरीमै किन ?

आलोचनाहरुकै बीच भारतीय समय अनुसार मध्याह्न १२ः१५ देखि १२ः४५ सम्म प्राणप्रतिष्ठा पूजा आयोजना गराइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका पण्डित दुर्गा प्रसाद गौतमले विशेष पूजा गराए । कार्यक्रममा सरिक हुनका लागि ७ हजार जनालाई श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले आमन्त्रण गरेको थियो ।

हिन्दु पौराणिक कथा अनुसार श्री रामको जन्म अभिजित मुहूर्त, मृगशीर्ष नक्षत्र तथा अमृत सिद्धी योग र सर्वार्थ सिद्धी योग मिलनको समयमा भएको मानिन्छ । २२ जनवरी २०२४ मा यसको मुहूर्त परेको हुनाले अयोध्यामा श्री रामको मूर्तिको प्राणप्रतिष्ठा गर्ने तय भएको हो ।

प्राण प्रतिष्ठा कार्यक्रमअघि भारतीय प्रधानमन्त्री मोदी हनुमानगढी पुगे । त्यहाँ पुगेर उनले रामको मूर्ति प्राणप्रतिष्ठाका निम्ति हनुमानको अनुमति लिने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले लेखेको छ ।

श्री रामपछि अष्टचिरञ्जिबी मध्येका एक हनुमानले अयोध्यामा राज गरेको हुनाले उनको अनुमति लिनुपर्ने विश्वास रहेको छ । हनुमानको अनुमति लिएर अयोध्या पुगेसँगै १२१ वैदिक ब्राह्मणहरुले मन्त्रोचारण गरेर मोदीलाई पूजा गराए ।

राममन्दिर निर्माणको थालनी सन् २०२० देखि भएको हो । २०२० को अगस्ट ५ मा भारतीय प्रधानमन्त्री मोदीले शिलान्यास गरेका थिए । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न भन्दै बाबरी मस्जिद निर्माणका लागि अन्यत्र जमिन दिन आदेश दिएपछि मोदीले मन्दिर शिलान्यास गरेका थिए ।

प्राणप्रतिष्ठा गरिएको राम मन्दिर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको रेखदेखमा निर्माण हुँदै आएको छ । तीन तले राममन्दिरको निर्माणले पूर्णता भने यस वर्षको डिसेम्बरमा अन्त्यतिर मात्रै पाउनेछ । यसरी निर्माण नसकिई नै उदघाटन गरेको भन्दै कतिपय पुरोहितहरुले आलोचना गरेका हुन् ।

मन्दिरको खर्च कति रु कसले बनायो रामको मूर्ति रु

मन्दिरको निर्माणको लागत १८ सय करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । निर्माण सामग्री, यान्त्रिक सामग्री, श्रमिक तथा अन्य प्रशासनिक गरी १८ सय करोड भारु खर्च हुने प्रक्षेपण छ ।

अहमदावादका चन्द्रकान्त सोमपुराले तीन तले राममन्दिरको स्वरुप बनाएका हुन् । पुरातात्विक सम्पदाको स्वरुप निर्माणमा चन्द्रकान्तका पुस्ता पनि सक्रिय थिए ।

सम्पदाको स्वरुप निर्माणमा क्रियाशील चन्द्रकान्त १५ औँ पुस्ता हुन् । हालसम्म सोमपुराको पुस्ताले विश्वभर १०० वटा मन्दिरको स्वरुप बनाएको छ । सोमनाथ मन्दिरको स्वरुप पनि उनकै पुस्ताले तयार गरेको थियो ।

यता, राम मन्दिरमा राखिएको मूर्ति भने कर्नाटकका अरुण योगीराजले कुदेका हुन् । उनले ३ सय वर्ष पुरानो चट्टानबाट मूर्ति बनाएको दाबी गरिएको छ । द हिन्दुले भारतीय भूगर्भविद् सी श्रीकान्तप्पाको हवाला दिँदै लेखेको छ, ‘राममूर्ति बनाउने चर्चा भएसँगै तीन दशकदेखि मइसुर विश्वद्यालयले उपयुक्त चट्टानबारे अनुसन्धान गरिरहेको थियो । त्यसै क्रममा दक्षिण भारतमा फेला परेको यो चट्टान मूर्ति निर्माणका लागि उपयुक्त पाइयो ।’

दर्शनार्थीहरुका निम्ति तेजिलो प्रभाव छोड्न कमलको फूलको पत्ताझैँ आँखा, चन्द्रमाझैँ चम्किलो अनुहारका साथै घुँडासम्म फैलिएको हात सहितको मूर्ति निर्माण गरिएको छ ।

यस मूर्ति निर्माणका क्रममा मूर्तिकारले रामचरित्रमानस र बाल्मिकी रामायणमा रामबारे उल्लेख गरिएका वर्णनलाई आधार मानेका थिए । यो मूर्ति एक हजार वर्षसम्म पनि केही नहुने दाबी गरिएको छ ।

भाजपाको राजनीतिक मुद्दा

राममन्दिरको एजेण्डाबाट उदाएको भाजपाको यसपटकको चुनावमा फेरि यसै मुद्दालाई उछालेर बलियो हुने रणनीति बनाएको देखिन्छ । सन १९९० ताका निकै सानो दल रहेको भाजपाले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर स्थापना गरेरै छाड्ने बाचा गरेको थियो ।

त्यसका निम्ति उसले अभियान पनि सञ्चालन गर्यो । त्यसकै जगमा वृहत भएको भाजपाले अहिले नरेन्द्र मोदीको सत्ता नेतृत्वमा हिन्दुत्वको राजनीति गरिरहेको छ । अहिले लोकसभाको चुनावअघि श्री रामको मूर्ति प्राणप्रतिष्ठा गर्दै बहुमत ल्याउने दाउ उसको रहेको छ ।

सन् १९९० मा हजारौं हिन्दु स्वयंसेवकहरु अयोध्यामा उपस्थित भएका थिए । त्यसबेला झडप हुँदा प्रहरीले गोली चलाउनुपरेको थियो । प्रहरीको दमनका बाबजुद स्वयंसेवकहरु विचलित भएनन् । उनीहरुले दोस्रो प्रयासमा मस्जिद कब्जा गरे ।

‘पहिलोपटक हामीमाथि दमन भयो । त्यसको दोस्रो वर्षमा हामीले दमनको सामना गर्दै अघि बढ्यौँ । प्रशासन हतियार सहित उत्रिएपछि हामी पनि तरबारसँग उत्रियौँ । अन्ततः हामीले मस्जिद भत्कायौं,’ त्यस प्रकरणमा जेल बसेर आएका सन्तोष दुबेले बीबीसीसँग भनेका छन् ।

सन् १९९२ मा यही कारण विभिन्न सहरमा भएको दंगामा २ हजारको ज्यान गएको थियो । यसपटक पनि ती मानिसमा त्रास कायमै छ । ६५ वषर्ीया शयबले आफ्ना ३० वर्षीय छोरालाई उदघाटनको दिन सहर छोड्न भनेकी छिन् । बीबीसीसँग उनले भनेकी छन्, ‘यहाँ के हुन्छ भन्न सकिँदैन त्यसैले छोरालाई मैले अयोध्या छोड्न भनेकी हुँ ।’

लोकसभाको सम्मुखमा श्री रामको मूर्तिको प्राणप्रतिष्ठा गरेर बहुमत ल्याउने दाउ अनुसार भाजपाले संविधानको उल्लंघन गर्दै धार्मिक कार्यक्रमलाई राज्यको उत्सव बनाएको कतिपयको आरोप छ । यद्यपि भाजपाका नेता लल्लु सिंह भन्छन्, ‘बहुसंख्यक हिन्दु रहेको राज्यका प्रधानमन्त्री र हिन्दु धर्म मान्ने प्रधानमन्त्रीले रामको मूर्ति प्राणप्रतिष्ठा गरेर कुनै गलत गरेका छैनन् ।’

तर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले मन्दिरको निर्माण सम्पन्न अघि नै गर्न लागिएको प्राणप्रतिष्ठालाई चुनावी फाइदा लिने तरिकाको रुपमा हेरेको छ । उसले विज्ञप्ति नै जारी गरेर भनेको छ, ‘करोडौं मानिसहरुले पूजा गर्ने श्रीरामलाई भाजपाले राजनीतिक परियोजना बनाएको छ । निर्माण पूरा नभएको अवस्थामा गरिने प्राणप्रतिष्ठा चुनावी फाइदा उठाउने तरिका मात्रै हो ।’

Chitwan Aaja चितवन आज
सोमबार, माघ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

ताजा समाचार

सबै

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech