Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत ०६, २०८२
☰
Logo शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

गण्डकी, ६ माघ
संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि ।

यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिनुभयो । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पस्नुभएका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए, सुन्दर पोखरा र सेता हिमाल । बारम्बार हिमाल र फेवाताल चियाउनुहुन्थ्यो र मुहार उज्यालो पार्नुहुन्थ्यो । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उहाँको हर्षित मुहारमा पढ्न सकिन्थ्यो ।

दिउँसो ४ः३० बजे यहाँ आइपुुग्नुुभएका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा हुनुहुन्थ्यो, पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुग्नुभयो ।

गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुुग्नुुभयो । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उहाँलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उहाँ मूर्ति परिसरको माथिल्लो तल्लामा पुग्नुभयो । त्यहाँबाट पनि दृश्यहरू नियालीरहँदा उहाँ निकै हर्षित मुद्रामा देखिनुुहुन्थ्यो । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झर्नुभयो । पुनःअघि हेरैकै कुनामा फर्किएर दोहो¥याएर हिमालसहितको पोखरा आँखामा कैद गर्नुभयो । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुग्नुभयो ।

उहाँ त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै हुनुहुन्थ्यो भने उहाँको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुुटेरेसलाई चियाउँदै थिए । पछि उहाँ लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुटेरस प्वाइन्ट’का रुपमा विकास गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रुपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूर्ण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ ।

त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट व्यक्ति पुुम्दीकोटमा पुुगेबाट नै आफूूहरू गौरवान्वित भएको बताउनुुहुने पुम्दीकोट विकास समितिका अध्यक्ष बराल उहाँले निकै अभिरुचिपूर्वक फर्कीफर्की गएर त्यहाँबाट हिमालसहितको पोखरा नियाल्दा आफूहरूलाई हर्षित बनाएको बताउनुहुन्छ । महासचिव गुटेरेसले करिब ४५ मिनेट पुम्दीकोटमा बिताउनुभएको पुुम्दीकोट कोट विकास समितिका व्यवस्थापक रुद्र पौडेलले बताउनुभयो । पुम्दीकोट आउने पूर्ववत् कार्यक्रम नरहेको र एक घण्टाकै अन्तरालमा कार्यक्रम बनी उहाँ आउनुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुटेरेस आउने भएपछि तत्कालै हेलिप्याडको वैकल्पिक व्यवस्थालगायत विषयमा समेत छलफल गरिएको थियो । उहाँ अन्ततःगाडीमा नै पुम्दीकोट पुग्नुभएको थियो । उक्त क्रममा गुटेरेसले पुम्दीकोटको व्यावसायिक प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाउनुभएको उहाँले जानकारी दिनुभयो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्मित ५१ फिट अग्लो महादेवको विशाल मूर्ति यतिखेर पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ । समितिले सुरुमा १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो ।

मूर्ति निर्माणसँगै पुम्दीकोटमा बढ्दै गएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आफूहरूलाई निकै उत्साहित बनाएको समितिका अध्यक्ष बरालले बताउनुुभयो । जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको उल्लेख गर्दै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको बताउनुुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना अनुुरुपका कामलाई अघि बढाइरहेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको यस स्थानमा आएका पर्यटकले विशाल मूर्तिको अवलोकनसँगै यहाँबाट बृहत् पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला नाङ्गो आँखाले हेर्दछन् ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने समितिको विश्वास छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रमसँगै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण गरिसकिएको छ । विशाल मूर्ति रहेको स्थान कैलाश र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने समितिको कार्ययोजनासमेत छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य पुम्दीकोट बनेको समितिका सदस्य मातृका बरालले बताउनुुभयो । पछिल्ला समयमा पोखरा आएका विशिष्ट एवं अतिविशिष्ट व्यक्ति पुम्दीकोट पुुग्दा आफूहरू हर्षित भएको उहाँले बताउनुुभयो । “संयुक्त राष्ट्रसङ्घका महासचिवजस्ता अतिविशिष्ट व्यक्तिको पुम्दीकोटमा भएको आगमनले यहाँको विश्वव्यापी प्रवद्र्धनमा महत्वपूूर्ण योगदान पुुगेको छ”, उहाँले भन्नुुभयो ।

फेवातालसहितको पोखरा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रे«को काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिनुले यहाँको सौन्दर्यतालाई थप उजागर गरेको छ । पूर्वाधार निर्माणकै क्रममा हालै विशाल मूर्ति परिसरभन्दा यताको थुम्कोमा सुमेरु पर्वत निर्माण गरिसकिएको बरालले जानकारी दिनुुभयो । यसका लागि करिब रु दुई करोड खर्च भइसकेको र यस परियोजनामा बाँकी तीन करोड रुपैयाँ लगानी थप आवश्यक भएको उहाँले बताउनुभयो ।

पोखरामा आउने पर्यटकलाई साँझमा ‘लेजर लाइट’मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डव नृत्य, महादेवको शिवलीलासमेत प्रदर्शनी गरिने समितिको सोच छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहँुचका लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने विषय समेटिएको छ ।

विशाल मूर्ति स्थापनासँगै पुुम्दीकोटको महिमा र गरिमा चुलिँदा आसपासका सर्वसाधारण लाभान्वित बनेका छन् । पछिल्ला समयमा होटेललगायत पूर्वाधार एकपछि अर्को गर्दै थपिएका छन् । विगतमा गाउँ छोडेर सहर झर्नेहरू विशाल मूर्ति निर्माणसँगै बढेको पर्यटकीय आकर्षणले पुनः गाउँमा नै फर्कन थालेका छन् ।(रासस)

Chitwan Aaja चितवन आज
शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.