Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

अयोध्यास्थित राम मन्दिरको प्राण–प्रतिष्ठाले भारतमा हिन्दूबीच विभाजन ल्याउँदैछ ?

काठमाडौं माघ ६
रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ माघ ८ गते (जनवरी २२) हुँदैछ । राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने मिति जति नजिकिँदै छ त्यति नै यसबारे बहस तथा विवाद चुलिँदैछ ।

यो बहस तथा विवादमा ठूला धर्म गुरुदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म जोडिएका छन् । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ ।

ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जुन गतिमा भारतमा हिन्दुत्वलाई अघि बढाएको थियो त्यसमा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहले ‘ब्रेक’ लगाएको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।

प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ । राम मन्दिरको गर्भ गृहको निर्माण कार्य चलिरहेको छ । केही काम पूरा हुन बाँकी नै छ । अहिले चौबीसै घण्टा गर्भ गृहको निर्माण कार्य चलिरहेको छ ।

यसैकारण भारत भित्र केहीले विरोध पनि गरिरहेका छन् ।

उनीहरुले प्रश्न पनि गरिरहेका छन्– निर्माण कार्य सम्पन्न नहुँदै प्राण प्रतिष्ठा गर्न किन हतार ?

प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुनेछन् । उक्त कार्यक्रममा देश–विदेशबाट थुप्रै अति विशिष्ठ पाहुनालाई निमन्त्रणा गरिएको छ ।

नयाँ राम मन्दिरको लागि पुजारी चयन गर्ने कार्य पनि जारी छ । पहिलो चरणमा आएका ३०० जनाको नामबाट २१ जना पुजारीलाई ‘सर्ट लिस्ट’ गरिएको थियो । उनीहरूलाई तालिम दिने काम अहिले भइरहेको छ ।

यिनैमध्ये एक जना अयोध्यास्थित राम मन्दिरको मुख्य पुजारी हुनेछन् ।

श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत राय भन्छन्, “तालिम सकिएपछि सनातन धर्म, वेद र शास्त्रमा उनीहरुको ज्ञानको परीक्षा लिने काम हुन्छ । केहीलाई यहीँ जागिर दिइनेछ भने अन्यलाई देशका फरक फरक मन्दिरमा पठाइनेछ ।”

राम मन्दिर कमिटीले वाराणासीका दुई जना पुजारीको नाम यसअघि नै घोषणा गरेको छ जसले प्राण प्रतिष्ठामा अगुवाई गर्नेछन् ।

“अयोध्याका कर्मकाण्डी ब्राह्मण पनि लक्ष्मीकान्त दीक्षित र गणेश्वर शास्त्री द्रविडको नाम सुनेर भन्नेछन् उनीहरु त हाम्रो पनि गुरू हुन् । काशी सधैँ विद्धानहरुको नगरी रहेको छ, जबकि अयोध्या लामो समयदेखि उपेक्षित बनेको छ,” चम्पत रायले भने ।

काशीका विद्धान गणेश्वर शास्त्री द्रविड र लम्कीकान्त दीक्षितले प्राण प्रतिष्ठा गराउने उनले जनाए । राम मन्दिर कमिटीको यस फैसलाको अयोध्याका केही स्थानीय महन्थ तथा पुजारीले आपत्ति जनाएका छन् । प्राण प्रतिष्ठा गराउने पुजारी हजारौं मन्दिरको सहर अयोध्याबाट छनोट नगरिएकोमा उनीहरुको असन्तुष्टि छ ।

अयोध्याको हनुमान गढीका प्रमुख महन्थ, महन्थ धरमदासका गुरु बाबा अभिराम दासले सन् १९४९ मा रामललाको मूर्ति विवादित ढाँचामा राखेका थिए । “पूजा गर्न कोही पुजारी आउँदै छन् भने कसरी गराउँछन् त्यो हामी हेर्ने नै छौं । अब यहाँका पुजारीलाई पनि सहभागी गराउनुपर्छ । प्रतिष्ठा सबैले गर्नुपर्छ,” महन्थ धरमदासले भनेका छन् ।

पहिले नै प्रतिष्ठित मूर्ति राखिने हुँदा धेरै काम गर्नु नपर्ने बुझाई उनको छ । मूर्तिका विषयमा भारतको सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ । सहमति तथा असहमति जे भए पनि प्राण प्रतिष्ठा हुनुपर्ने भनाई उनको छ ।

जबदेखि राम मन्दिर निर्माणको काम सुरु भएको छ र अस्थायी स्थानमा रामको मूर्ति राखिएको छ, त्यसबेलादेखि त्यहाँ दर्शन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ । भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । त्योमध्ये दुई एकड जमिन मन्दिर निर्माणको लागि छुट्टयाइएको थियो । हजारौं करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको नयाँ राम मन्दिरको गर्भ गृहको निर्माण अहिले अन्तिम चरणमा पुगेको छ ।

मन्दिर निर्माणको खर्च औपचारिक रुपमा घोषणा नगरिए पनि हालसम्म १८ सय करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ । प्राण प्रतिष्ठा गर्ने मिति घोषणा भएपछि लाखौं श्रद्धालु अयोध्या आइरहेका छन् । उनीहरुले नगद मात्र होइन सुन–चाँदी पनि चढाइरहेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि केन्द्र सरकार र राज्य सरकार मिलेर ३ खर्ब भारतीय रुपैयाँभन्दा बढी रकम अयोध्याको विकास आयोजनामा लगानी भएको घोषणा गरेका थिए । जसका कारण सहरमा ठूलाठूला होटल, राजमार्ग देखिएका छन् तर प्राचीन अयोध्यामा वर्षौंदेखि रहँदै आएकाहरुको आशा भने केही भिन्न छ ।

रामघाट नजिक रहेको १५० वर्ष पुरानो पटना मन्दिरका पुजारी आशीष कृष्ण शास्त्री भन्छन्, “सरकारले ठाउँठाउँमा जुन होटल, भवन र सडक बनाइरहेको छ त्यो ठिक छ । अयोध्याका पुराना मन्दिर जुन हाम्रो इतिहास हुन् तीनलाई मजबूद बनाउने काम पनि गरिदिए हामी सरकारलाई धन्यवाद दिने थियौं ।”

सीता कुण्डको नजिक रहेको राम–बिहारी मन्दिरका पुजारी गोस्वामी साधुहरुलाई दिँदै आएको पेन्सन कटौती भएकोमा असन्तुष्ट छन् । पछिल्ला दिन सबै आ–आफ्नो दूनो सोझ्याउन तिर लागेको उनको बुझाई छ ।

“पहिलो केही साधुहरुल पेन्सन पाउँथे, अहिले पेन्सन बन्द भएको छ । पेन्सनको लागि आवेदन दिँदा अब दिइँदैन भन्ने जवाफ आउँछ । बूढो भएपछि उनीहरुको सहारा के हो त ?,” पुजारी गोस्वामीले प्रश्न गरे ।

अयोध्यामा रहेका मन्दिरका आ–आफ्नै कथा–व्यथा छन् । त्यतातिर ध्यान कमैको गएको छ । मन्दिरका पुजारीहरू गुनासोले भरिएका छन्, उनीहरुले गुनासो बिसाउने ठाउँ पाएका छैनन् । सुनिदिने कोही भेटेका छैनन्

Chitwan Aaja चितवन आज
शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.