चितवन, वैशाख २९ –
नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयले पार्टीको सिद्धान्त र आस्था भन्दा बाहिर गएर स्थानीय तहको निर्वाचनमा अभद्र व्यबहार गरेको भन्दै चितवनका ५ जना नेता कार्यकर्तालाई कार्बाही गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको केन्द्रिय निर्देशन एब पाच दलिय गठबन्धनका उम्मेदवारहरुको विरुद्धमा सक्रिय रहि पार्टीको बिधान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेको भन्दै बिहिवार देखि लागू हुने गरि पार्टी सदस्यता समेत नरहने गरि निलम्बन गरिएको छ, नेपाली काङ्ग्रेसका कार्यबाहक मुख्य सचिब डा प्रदीप पराजुलीले भने ।
चितवनका ५ जना नेता तथा कार्यकर्तालाई केन्द्रिय निर्णय अनुसार कारबाही गरिएको छ पराजुलीले भने वहाँहरु पार्टी भन्दा माथी उठेर पार्टी कै विरुद्धमा लागेकोले हामीले साधारण सदस्यता समेत नरहने गरि कारबाही गरेका हौ ।
कार्बाहीमा परेका चितवनका ५ जना नेता तथा कार्यकर्ताहरु
१) भिम बहादुर श्रेष्ठ, पुर्ब सासद, भरतपुर १
२) शम्भु प्रसाद अर्याल, पुर्ब केन्द्रिय सदस्य नेपाल तरुण दल, भरतपुर ४
३) सुर्य बस्नेत, क्षेत्रिय प्रतिनिधि, भरतपुर १६
४) आनन्दराज राउत, पुर्ब जिल्ला सचिब नेपाल तरुण दल, चितवन भरतपुर २
५) डा केशव पौडेल, क्रियाशिल सदस्य, भरतपुर ८