चितवन, पुष २९-
कैलाश युथ क्लब भरतपुर ११ ले कैलाश टोलमा शनिबार सरसफाई गरेको छ ।
आफ्नो टोल, आफ्नो समाज, आफै सफा राखौं भन्ने उदेश्यका साथ क्लबले सरसफाई गरेको हो ।
कैलाश मन्दिर परिसर छेउछाउमा व्यापक रूपमा झाडी, फोहोर मैला, लागु औषध दुर्व्यसनीका वस्तु देखिएकाले त्यस्ता वस्तुहरु सरसफाई गरको क्लबका अध्यक्ष सविन अधिकारीले जानकारी दिए ।
सरसफाई कार्यक्रममा कैलाश टोलबासी आमा बुबा, दाजुभाई तथा दिदीबहिनीहरू सरसफाईका औजार सहित उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार