भरतपुर । रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवनले प्रथम वार्षिकोत्सव तथा च्याउ विउ ल्याब उद्घाटन समारोह सम्पन्न गरेको छ ।
उक्त च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गरेका थिए।
सो अवसर बोल्दै च्याउ प्रवर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए । साथै कालिका नगरपालिका च्याउको हब बन्ने बिश्वास ब्यक्त गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि सो वडाका वार्ड अध्यक्ष लक्ष्मण पौडेलले च्याउको उत्पादनले स्धानिय स्तरमा रोजगारि सिर्जना गर्नुका साथै चितवनबाट नै यसको नियात देशको बिभिन्न क्षेत्रमा गर्न सकिने बताए ।
कार्यक्रमको सभापति संस्थाको कार्यकारि कमल सुबेदि गरेका थिए । सुबेदिले ल्याबको उद्घाटनले निकट भबिष्यमा च्याउ व्यवसायिले अन्यत्रबाट बिउ खपत गर्न नपर्ने बताए ।
साथै सो अवसरमा देशभरिको च्याउ व्यवसायिको उपस्थित रहेको थियो । करिब साढे ३ करोड जति लगानीमा बनेको डेढ बिगाह क्षेत्रफलमा रहेको र ३५ जनालाई रोजगार दिदै वार्षिक उत्पादन २५० मेट्रिक टन पाते च्याउ र सिजनल च्याउ करिब २० मेट्रिक टन उत्पादन गर्दै आईरहेको सो संस्थाका प्रबन्ध नारायण अधिकारिले बताए।