चितवन, २७ पुस
खैरहनी नगरपालिका २ चैनपुरमा स्कूटर र बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका ८ ब्रम्हनगरका करण श्रेष्ठ रहेका छन् ।
टाँडीबाट पर्सा तर्फ आउँदै गरेको बा प्र ०३-००१ च १७२७ नम्बरको बोलेरोले विपरित दिसाबाट जाँदै गरेको प्र ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कुटर र बोलेरोलाई नियन्त्रणमा लिएको छ भने बोलेरो चालक फरार छन् ।