चितवन, २६ पुस
चितवनमा चिउरीको रुखबाट लडेर १७ वर्षीय बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका –११ सुर्खण्डी घर भएकी अञ्जली प्रजा रहेकी छन् ।
हिजाे दिउँसाे साढे ११ बजे चिउरीको घाँस काट्न रुखमा चढ्दा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्तपालको शवगृहमा राखिएको छ ।