भरतपुर, १८ पुस
उद्योग बाणिज्य संघ चितवनको पौष २३ गते ५७ औँ साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष (उद्योग तर्फ) पदका प्रत्यासी थिर प्रसाद धितालले उमेदवारी फिर्ता लिएका छन् ।
अध्यक्ष पदका प्रत्यासी सुमन कुमार श्रेष्ठको प्यानलले गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर धितालले आफ्नो उमेदवारी फिर्ता लिएका हुन् ।
उनले उपाध्यक्ष (उद्योग तर्फ) अशोक अधिकारीलाई समर्थन गर्ने घोषणा गरेका छन् । धितालले व्यवसायिक एकताका लागि जुधेर भन्दा मिलेर अघि बढ्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको बताएका छन् ।