भरतपुर, १८ पुस
भरतपुरको आँपटारीचोकदेखि देवघाटको सडकसम्म दायाँ–बायाँका रुख र पोलमा रङ रोगन गरिने भएको छ । भरतपुर महानगरपालिका एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९०० लिटर रातो र सेतो रंग हस्तान्तरण गरेको हो।
रङ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर सहरको सौन्दर्यकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताइन् । रंग खरिदका लागि पाँच लाख ९९ हजार ४०० खर्च भएको महानगरले जनाएको छ ।
महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सडकको दायाँ–बायाँका रुख र पोलमा लगाउने छ । एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने जनाइएको छ।