काठमाडौँ, १८ पुस
भारतका विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउने भएका छन् । नेपाल र भारतका विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् ।
भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् ।
विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।
उनी आयोगको बैठक सकेर शुक्रबार दिल्ली फर्किने छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार